काठमाडौं/१६ माघ
देशभर आज थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टीजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको हो भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो ।
हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments