हेटौंडा/७ माघ
कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार (माघ–९) बाट माघ १४ गतेसम्म आफ्नो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विज्ञप्ति जारी गर्दै नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको जानकारी दिनु भयो ।
कर्मचारीहरुमा कोरोना संक्रमण भएको र उनीहरु उपचार तथा आइसोलेसनमा बस्नुपर्ने भएको जानकारी दिँदै सेवा बन्द गरिएको हो ।
कार्यलयबाट प्रवाह हुने शान्ति सुरक्षा, विपद्, मुद्दा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा नियमित रहने कार्यालयले जनाएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments