Byroad News

Loading...

आज मात्रै १२ हजार ३३८ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित?


आज मात्रै १२ हजार ३३८ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित?

काठमाडौं/६ माघ
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परिक्षण गर्दा १० हजार ५२ तथा ६ हजार ४ सय ९० नमुनाको एन्टीजेन परिक्षण गर्दा २ हजार २ सय ८६ जना गरी १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६ सय ४९ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८ सय ८८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६ सय ३२ पुगेको छ भने ८ लाख १८ हजार ८ सय ९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ जना रहेका छन् । जसमध्ये ५५ हजार ८ सय ३६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ सय ८६ जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १ सय ८९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी, काठमाडौं उपत्यकामा मात्रै एकै दिन ६ हजार ९ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार १, ललितपुरमा १ हजार १ सय ३० र भक्तपुरमा ८ सय ५० जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै कास्कीमा ३ सय ६६, मोरङमा ३ सय २६, सुनसरीमा २ सय ९८, रुपन्देहीमा २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, काभ्रेपलाञ्चोकमा १ सय ८७, कैलालीमा १ सय ७३, झापामा १ सय ७१, धनुषामा १ सय २०, मकवानपुरमा १ सय १६ र चितवनमा १ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, तनहुँमा ५६, दाङमा ५२, सप्तरीमा ५१, सिरहामा ४८, पर्सामा ४५ र सुर्खेतमा ४० जना कोरोना संक्रमित थपिएका छन् भने कञ्‍चनपुरमा ३७, नुवाकोटमा ३६, बाँके र सिन्धुलीमा २८/२८ जना, सर्लाही, धादिङ, पाल्पा र डडेल्धुरामा २६/२६ जना, बारामा २५, महोत्तरीमा २४, दोलखामा २२, धनकुटा र नवलपरासी पश्‍चिममा २१/२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comments

KATHMANDU WEATHER