Byroad News

Loading...

एकै दिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि


एकै दिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं/५ माघ
पछिल्लो २४ घण्टामा देशभर थप ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर परिक्षण गर्दा ९ हजार ५ सय २ तथा ५ हजार ३ सय ३१ नमुनाको एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ६ हजार ३ सय ४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६ सय ६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५ सय ७८ जना छन् ।

पछिल्लो २४ घण्टामा ६ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ४७ हजार ९ सय २९ जना संक्रिय संक्रमित छन् ।

Comments

KATHMANDU WEATHER