थाहानगर/५ माघ
तेस्रो थाहा गोल्डकपको उपाधी अङ्गारा युवा क्लबले हात पारेको छ।
आज भएको फाइनल खेलमा अङ्गाराका सुशान्त कार्कीले खेलको ७६ औं मिनेटमा बारा ११ का विरुद्ध गोल गर्दै अङ्गारालाई उपाधी दिलाएका हुन् । कार्की आजको खेलको म्यान अफ दि म्याच समेत घोषणा भए ।
जितसङ्गै अङ्गारा युवा क्लबले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी अङ्गारा युवा क्लबका जान्मे धामी भए भने उत्कृष्ट मिडफिल्डर बारा ११ का ओम चौधरी, उत्कृष्ट गोलकिपर अङ्गाराका कुशल गिरी, उत्कृष्ट डिफेन्डर अङ्गाराकै सिशास थापा र उत्कृष्ट गोलकर्ता डाडाबास फुटबल क्लबका विशाल स्याङ्तान पुरस्कृत भए ।
फाइनलमा पराजित बारा ११ ले नगद ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र हात पारे । बिजेता तथा उपबिजेता टोलेवलाई प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको प्रथम पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र दोस्रो पुरस्कार स्वच्छन्द निर्माण सेवाले प्रायोजन गरेको थियो ।
थाहा गोल्ड कप थाहा आन्दोलनका प्रणेता स्व. रुपचन्द्र बिष्टको ८८ औं जन्मजयन्तिको अवसर पारेर पुस २६ गतेदेखि सञ्चालन गरिएको थियो ।
जित पछि खुसीयाली मनाउदै अङ्गारा टोली

प्रमुख अतिथि ढकाल

पुरस्कार ग्रहण गरेपछि सामुहिक तस्वीर खिचाउदै
फाइनल खेल खेल्दै अङारा र बारा ११
खेल सुरु गर्न बल हस्तान्तरण गर्दै प्रमुख अतिथि ढकाल
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments