थाहानगर/२९ पुस
हेटौंडा सामुदायिक आँखा अस्पताल र तिलगङ्गा सामुदायिक आँखा केन्द्रको आयोजनामा आज २० जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको छ ।
भिजन हिमालय फाउन्डेसन, लायन्स क्लव अफ थाहा पिस र लियो क्लव अफ थाहा पिसको सहयोगमा शल्यक्रिया सम्पन्न भएको हो ।
विभिन्न मितिमा विभिन्न स्थानहरुमा नि:शुल्क आँखा सिविर गरेर छनौट भई आएका ५९ जना विरामीहरुमध्ये २० जनाको शल्यक्रिया गरिएको लियो क्लवका अध्यक्ष कमल विष्टले जानकारी दिनुभयो । 
टाढाबाट शल्यक्रियाका लागि आएका विरामीहरुको नि:शुक्क बसोबासको प्रवन्ध समेत मिलाइएको लायन्स क्लव अफ थाहा पिसका अध्यक्ष राममाया खत्रीले बताउनु भयो । आँखाका रोगी भएर पनि आर्थिक अभावमा उपचार नगराई बसिरहेका बिरामीहएरु भए सम्पर्कमा आउन खत्रीले आव्हान गर्नु भयो । उहाँले बाइरोडसङ्ग भन्नुभयो, "आर्थिक अभावमा उपचार गराउन नसकेका कोहि हुनुहुन्छ भने हामीसङ्ग आम्पर्कमा आउनुस सकेको हामी सहयोग गर्नेछौं ।"
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments