थाहानगर/१९ पुस
मकवानपुर प्रहरीले चोरी भएको मोटरसाइकल सहित चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय फापरबारीले बा.प्र.०३-००३ प ३१३० नम्बरको २२० सीसीको पल्सरसहित सिन्धुली मरिण ३ बस्ने २३ वर्षीय टोपबहादुर वाइवा र सोहि ठाउँका २० वर्षीय अरुण मोक्तानलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
आइतबार विहान पौने २ बजे मकवानपुरको बागमती गाउँपालिका २ राई गाउँ बस्ने छबिलाल बम्जनले आफ्नो घर अगाडि पार्किङमा राखेको मोटरसाइकल चोरी भएको थाहा पाउना साथ प्रहरीलाई खबर गरेका थिए ।
उनीहरुलाई सोमबार जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments