दामन/१५ पुस
बुधबार भएको बाक्लो हिमपातका कारण अवरुद्ध बाइरोड बिहीबार बेलुकीदेखि सुचारु गर्ने प्रयत्न गरिए पनि सडकको मोडमै एउटा डिब्बा गाडी फस्नाले अझै ठूला सवारी चल्न सकेको छैन ।
गोलमोड र दामन गरि दुवैतर्फबाट हिउँ पन्छएपछि सडक सुचारु भएको प्रहरीले जनाएपनि अन्तिममा पानोरोमा मोडमा फसेको डिब्बा गाडी निस्किन नसकेपछि सवारी खुल्न नसकेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाले जानकारी दिनुभयो । हिउँका कारण अवरुद्ध सडक सुचारु गर्न प्रहरीले डिभिजन सडक कार्यालय र थाहा नगरपालिकासंग समन्वय गरेको थियो ।
सडक केही ठाउँमा दुई फिट सम्म हिउँ जमेपछि बुधबार दिउँसैदेखि हेटौंडा-पालुङ यातायात अवागमन अवरुद्ध थियो । हिउँ पन्छाएपछि दुबैतर्फ मोटरसाइकल भने आवतजावत गर्न सकिने भएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments