थाहानगर/१२ पुस
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) मकवानपुरको १७ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनमा संस्थापक, पत्रकार, शिक्षक र कर्मचारीहरूलाई सम्मान गरिएको छ ।
सोमबार हेटौंडामा भएको कार्यक्रम बागमति प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीको सभाध्यतामा भएको थियो ।
कार्यक्रममा पत्रकारहरू अशोकसुजन श्रेष्ठ, सम्झना रिजाल र श्रीजना नेपाल तथा प्याब्सन मकवानपुरका संस्थापकहरू आशिष श्रेष्ठ, मदनकुमार दाहाल, केशवलाल श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, विष्णुप्रसाद अधिकारी, बद्री पुडासैनी र मातृकाप्रसाद ढुङ्गानालाई सम्मान गरिएको थियो ।
साथै, संस्थागत विद्यालयका शिक्षकहरू शशीकला घिमिरे, निर्मल पराजुली, तारा खड्का कार्की, सरोज यादव र सरस्वती पौडेल तथा कर्मचारीहरू डम्बर बहादुर रजान मगर र जगन्नाथ ढुङ्गानालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्याब्सनकी केन्द्रीय सह-कोषाध्यक्ष ग्रेस श्रेष्ठ, केन्द्रीय सदस्य मदनकुमार दाहाल, केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठ, बागमति प्रदेश अध्यक्ष थकिन गुरुङको विशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष अर्जुन चौलागाईं, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राजन थापा, हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाकी शाखा अधिकृत सुनिता महर्जन, नेपाल शिक्षक महासंघ हेटौंडाका अध्यक्ष दिपक अधिकारी, अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष श्रवणकुमार बर्तौला, नेपाल पुस्तक स्टेसनरी महासंघका जिल्ला अध्यक्ष विज्ञान रिमाल, प्याब्सन काठमाडौंका सचिव प्रल्हाद खनाल लगायतको आतिथ्य रहेको थियो ।
प्याब्सन मकवानपुरको वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिने प्याब्सनका जिल्ला सचिव नवीन केशीले जानकारी दिनुभयो ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments