थाहानगर/११ पुुस
नेपालको जेठो राजमार्ग त्रिभुवन राजपथको दामन र टिष्टुङ खण्डमा गरिएको कालोपत्रेको गुणस्तरीय नभएपछि निर्माण कम्पनीलाई काम रोक्न निर्देशन दिएको छ ।
निर्माणको जिम्मा पाएको रोजन निर्माण सेवाले नौबिसेमा पकाएको कालोपत्रे दामन र टिष्टुङसम्म ल्याएर काम गर्नाले गुणस्तरीय हुन नसकेको इन्जिनियर लोमस उपाध्यायले बाइरोड न्युजलाई बताउनु भयो । इन्जिनियर उपाध्यायका अनुसार अब कम्पनीले फिल्ड नजिकै प्लान्ट राखेर काम गर्न निर्देशन दिएको छ । उपाध्यायले भन्नुभयो, ‘मैले तत्काल काम रोक्न निर्देशन दिइसकेको छु, अब माघ १५ यता काम नगर्न निर्देशन दिएको छु ।’
रोजन निर्माण सेवाले टिष्टुङ र दामन खण्डको कालोपत्रेको जिम्मा पाएको थियो । काम रोक्न डिभिजन सडक कार्यालयको निर्देशन पाएपछि आजै साइड सफा गर्न थालिसकेको निर्माण कम्पनीले जनाएको छ ।
यसैबीच, नयाँगाउँदेखि खानीगाउँसम्मको कालोपत्रेको ठेक्का पाएको शिवशक्ति निर्माण सेवाले कालोपत्रे पकाउनका लागि साइटको खोजी सुरु गरेको छ । कम्पनीका अनुसार माघको दोस्रो सातासम्ममा यो बीचको खण्डको काम सुरु गरिने सम्भावना छ ।
स्मरणीय रहोस् यस अघिपनि रोजन निर्माण सेवाले वर्षात्मा कालोपत्रे गरेको भन्दै बाइरोड न्युजले दबाद सिर्जना गरी काम रोक्न लगाएको थियो । डिभिजन सडक कार्यालय प्रमुख खण्ड श्रेष्ठले त्यतिबेला कालोपत्रे गरेर तत्काल बिग्रिएका ठाउँमा पुन: काम गराएपछि मात्र बिल पास हुने बताउनु भएको थियो ।
फाइल फोटो
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments