Byroad News

Loading...

फुटवल विजेता टोलीलाई थाहानगरको सम्मान


फुटवल विजेता टोलीलाई थाहानगरको सम्मान

थाहानगर/२९ मङ्सिर 
प्रथम अन्तरपालिका फुटवल प्रतियोगितामा प्रथम भएको थाहा नगरपालिकाको खेलाडी टोलीलाई बुधबार नगर परिक्रमासहित सम्मान गरिएको छ ।

प्रतियोगिताको विजेता थाहा नगरपालिकाको खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई नगरपालिका कार्यालयले आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
 
नगरकार्यपालिकाको कार्यालय परिसर इन्द्रायणी चौरमा थाहा नगर खेलकुद विकास समितिका संयोजक राजेस केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरका प्रमुख लवशेर बिष्टले खेलाडीहरुलाई सम्मान गर्दै खेल क्षेत्रले थाहानगरको पहिचान गराएकोमा खुसी व्यक्त गर्नु भयो । विष्टले आगामी दिनमा नगरले खेल क्षेत्रको विकास गर्न योजना नै बनाएर अघि बढ्ने बताउनु भयो । 

सम्मान कार्यक्रममा टोली कप्तान सुमन बिष्टले आफूहरुलाई नियमित तालिमको व्यवस्था भए थाहानगरले फुटवल खेलको अझै प्रगती हुने धारणा व्यक्त गर्नु भयो । 
 
कार्यक्रममा टिम प्रशिक्षक नरेन्द्र मोक्तान, टिम ब्यवस्थापक अनिल लामिछानेलगायत खेलाडीहरुलाई प्रसंसापत्र  प्रदान गरिनुका साथै बिजेता टोलीलाई नगरको मुख्य बजार क्षेत्र परिक्रमा गराइएको थियो।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको ब्यवस्थापनमा मङ्सिर १८ देखि २५ गतेसम्म हेटौंडामा प्रतियोगिता सम्पन्न भएको थियो । 

Comments

KATHMANDU WEATHER