थाहानगर/२५ मङ्सिर
हेटौंडामा सम्पन्न अन्तरपालिकास्तरीय फुटबलको उपाधी थाहा नगरपालिकाले जितेको छ ।
आज (शनिबार) सम्पन्न फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई पेनाल्टी सुटआउटमा हराउदै थाहा नगरपालिकाले उपाधी हात पारेको हो । निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट पनि बराबरी भएपछि सडेन डेथमा थाहा नगरपालिका बिजयी भएको हो।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडी थाहाका राजन गोले भएभने उत्कृष्ट डिफेन्डर हेटौंडाका गगन सिलवाल, हेटौंडा कै विशाल स्याङ्तान उत्कृष्ट मिड फिल्डर, हेटौंडा कै सफल तिमिक्सिना उत्कृष्ट गोलकिपर, थाहानगरका नरेन्द्र मोक्तान उत्कृष्ट कोचबाट पुरस्कृत भए ।
बिजेता टोलीलाई नगद २ लाखसहित मेडल, ट्रफी, प्रमाणपत्रले पुरस्कृत गरेको छ । त्यसैगरी, उपबिजेतालाई १ लाख नगदसहित मेडलले बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले पुरस्कृत गरेको छ ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments