काठमाडौं/२८ कात्तिक
पछिल्लो २४ घण्टामा देशभर थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छभने ३४८ जना निको भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ भने ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेसनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२२ जना आईसीयू र ६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments