थाहानगर/१२ कात्तिक
सदक विस्तार तथा स्तरोन्नती भैरहेको भिमफेदी-देउराली- कुलेखानी सडक खण्डमा भोलि शनिबारदेखि कात्तिक १५ गते सोमबारसम्म यातायात अवागमन बन्द हुने भएको छ ।
सो सडक अन्तर्गत कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाउदै भौतिक प्रदेश पूर्वाधार यातायात पूर्वाधार निर्देशनालयले सूचना जारी गरि यातायात अवागमन बन्द हुने जनाएको हो ।
यसअघि आलोपालो मिलाएर कार्य गरिदै आएकोमा जुरीखेतदेखि चिसापानी गढीबीचको एघार घुम्ती क्षेत्रमा सडक सांघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कंक्रिट पेभमेन्ट कार्य सुरु हुन गईरहेको सन्दर्भमा उच्च ट्राफिक संख्याको कारणले कार्य गर्न कठिन हुने तथा सवारी साधन पनि दुर्घटनाको जोखिममा पर्ने हुँदा यहि मिति ०७८ /०७/१३ देखि ०७/१५ (तिन दिन) विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म सम्पूर्ण सवारी साधनहरु बन्द गरिने सूचनामा उल्लेख छ ।

Comments