Byroad News

Loading...

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं/७ कात्तिक
सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ नि:शुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । 

स्वास्थ्य सेवा विभागका अनुसार १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइने कार्यक्रम रहेको छ ।

Comments

KATHMANDU WEATHER