Byroad News

Loading...

देशभर थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु


देशभर थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं/१ कात्तिक
पछिल्लो २४ घण्टामा देशभर थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ ।

त्यस्तै आज ९३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

KATHMANDU WEATHER