थाहानगर/२९ असोज
यो वर्षको विजयादशीमामा टीका लगाउने साइत शुक्रबार विहान १० बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्ष बडादशैंको टीकाको उत्तम साइत शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ । समितिका अनुसार पूर्व फर्किएर मान्यजनको हातबाट टीका लगाउनु पर्दछ । समितिले टीका लगाएर मान्यजनका हातको टीका लगाउन अन्यत्र जानेहरुका लागि टीको साइत कुरिरहन नपर्ने बताएको छ ।
समितिका अनुसार आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापना तथा देवीलाई विसर्जन गरिने साइत छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments