Byroad News

Loading...

पोखरेलसँग वैबाहिक जीवनमा बाँधिए मनोज गजुरेल


पोखरेलसँग वैबाहिक जीवनमा बाँधिए मनोज गजुरेल

काठमाडौं/२५ असोज
हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्नु भएको छ ।  केही समयअघि उहाँले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको जानकारी समेत दिनु भएको थियो । 

गजुरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग वैबाहिक जीवनमा बाँधिनु भएको हो । सामाजिक सञ्जालमा विवाहको फोटो पोष्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै जानकारी समेत गराउनु भएको छ ।

उहाँले तीन वटा फोटो राख्दै बिबाहको बारेमा जानकारी 
गराउनु भएको हो । परिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुबाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको गजुरेलले बताउनु भएको छ । 

उहाँको पहिलो विवाह मिना ढकालसँग भएको थियो। प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उहाँहरूबीच पारपारचुके भएको थियो।

उहाँहरूका एक छोरा र छोरी रहेका छन्।

Comments

KATHMANDU WEATHER