
काठमाडौं/२ असोज
लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ मा भरतमणि पौडेल विजेता हुनु भएको छ । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि हात पार्नु भएको हो ।
उपाधिसँगै पौडेलले कार र २५ लाख रुपियाँ पुरस्कार जित्नु भएको छ । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुग्नु भएको थियो ।
उपाधि जित्नु भएका भरतमणिले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गर्नु भएपछि दर्शकको ‘नोटिस’मा पर्नु भएको थियो । त्यस्तै उहाँले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गर्नु भएको थियो । जुन प्रस्तुतीबाट निकै तारिफ पाउनु भएको थियो । उहाँ ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बन्नु भएको थियो ।
विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई हुनुहुन्थ्यो भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आउनु भएको थियो ।
-
3 weeks ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
1 month ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments