Byroad News

Loading...

थाहामा अन्तर विद्यालय भर्ना गर्न ‘ट्रान्सफर सकिर्टफिकेट’ अनिवार्य


थाहामा अन्तर विद्यालय भर्ना गर्न ‘ट्रान्सफर सकिर्टफिकेट’ अनिवार्य

थाहानगर/२८ भदौ
थाहानगरमा एक विद्यालयबाट अर्को विद्यालयमा भर्ना गर्न ‘ट्रान्सफर सर्किफिकेट’ अनिवार्य गर्न थाहा नगर प्याव्सनले नगर शिक्षा कार्यालयलाई अनुरोध गरेको छ । 

सोमबार निजी तथा आवासीय विद्यालय अर्गाइजेशन नेपाल (प्याव्सन) थाहा नगर कमिटीले थाहानगरका मेयर लवशेर विष्ट र नगर शिक्षा अधिकारी शोभाकर रेग्मीसँग भेटी ध्यानाकर्षण गराएको हो । 

कोरोनाका कारण लामो समय विद्यालयमा भौतिक रुपमा पठनपाठन नहुँदा यो विचमा संस्थागत विद्यालयका विद्यार्थीहरु मार्कशीट तथा ट्रान्सफर सर्टिफिकेट बिना अन्यत्र विद्यालयमा जाने गरेको भन्दै प्याव्सन थाहानगरले सर्टिफिकेट लिएर मात्र विद्यार्थी भर्ना गर्न ध्यानाकर्षण गरिएको नगर सचिव संगम कार्कीले बताउनु भयो ।

प्याव्सन नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले मेयर विष्ट र नगर शिक्षा अधिकारी रेग्मीलाई ध्यानाकर्षण गराउनु भएको हो । सो कार्यक्रममा मेयर विष्टले बिना मार्कशीट भर्ना नलिन विद्यालयहरुलाई निर्देशन दिन नगर शिक्षा अधिकारी रेग्मीलाई निर्देशन दिनु भएको छ । कार्यक्रममा नगर शिक्षा अधिकारी रेग्मीले सबै विद्यालयहरुलाई जथाभावी भर्ना नलिन निर्देशन दिने बताउनु हुँदै कुनै विद्यार्थी विना कागजात विद्यालय छाडेर गएको भए त्यस्ता विद्यार्थी र भर्ना हुन भएको विद्यालयको नाम नामेसी शिक्षा शाखामा उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । 

थाहानगरमा संस्थागत विद्यालयमा करिव ३ हजार ७ सयको हाराहारीमा विद्यार्थी छन् । 

Comments

KATHMANDU WEATHER