थाहानगर/२१
नेपाल जेसीजको आयोजना तथा पालुङ जेसीजको आतिथ्यतामा २० भदौदेखि सुरु भएको क्षेत्र ख सम्मेलन आज सोमबार सम्पन्न हुँदैछ ।
पालुङ जेसीज हलमा आयोजित सम्मेलनमा सहभागी हुन देशभरमा करिव ३ सय युवा उद्दमीहरुको सहभागिता रहेको सम्मेलन निर्देशक सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।
आइतबार सम्पन्न उद्घाटन समारोहमा वक्ताहरुले जेसीजको क्षेत्रीय सम्मेलनले थाहानगरको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको विश्वास व्यक्त गरेका छन् ।
अस्ट्रेलियाका लगायत विभिन्न देशका लागि हालै निवर्तमान हुनु भएका नेपाली राजदुत तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष महेश दाहाल, राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, पूर्व राष्ट्रिय अध्यक्ष प्रज्ञा राज भण्डारी, थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीलगायतले जेसीजको क्षेत्रीय सम्मेलनले थाहानगरको कृषि र पर्यटनको प्रवर्द्धनमा टेवा पुगेको विश्वास लिदै समाज परिवर्तनमा युवाहरुले नेतृत्व लिनु पर्ने विचार व्यक्त गर्नु भएको छ ।
विभिन्न शीर्षकमा तालिमहरु समेत भएको सम्मेलनको प्रकरण गोष्ठीमा सञ्चारकर्मी डा. नवराज लम्साल, टिकाराम यात्री, डा. नम्रता पाण्डेले "राइज टु चेञ्ज" मा आफ्ना तर्कहरु प्रस्तुत गर्नु भयो ।
नेपाल जेसीजको क्षेत्र ख अन्तर्गत विभिन्न ३५ वटा शाखाहरु छन् । सम्मेलन निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईंले अध्यक्षता गर्नु भएको थियो ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments