थाहानगर/२० भदौ
बैशाख १४ गतेदेखि बन्द रहेको थाहानगरका विद्यालयहरु अज (आइतबार)देखि खुल्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको १७ भदौको निर्णय बमोजिम १८ भदौमा बसको नगर शिक्षा समितिको बैठकले विद्यालयहरु भौतिक रुपमा सुचारु गर्न दिने निर्णय गरेको हो ।
बैठकले ३ दिनभित्र (भोलि सोमबारसम्म) सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय गरी विद्यालय सञ्चालन कार्यढाँचा तयार पारी नगर शिक्षा शाखामा बुझाउन र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना गरे नगरेको समेत अनुगमन गर्ने निर्णय समेत गरेको छ । बढी विद्यार्थी भएका विद्यालयहरुले बढीमा एउटा बेञ्चमा २ जनासम्म विद्यार्थी राख्न, गेटमा थर्मल गनले तापक्रम मापन गर्न, प्रार्थना तथा अतिरिक्त क्रियाकलाप गर्न नदिन लगायतका कार्यढाँचाहरु समेटेको लगायतका मापदण्डहरु अपनाएर सुरक्षित महसुुस गराउनु पर्ने संकेत गरिएको छ ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments