काठमाडौं/८ भदौ
देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८ सय १० जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा थप २ हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८६ जनाले कोरोना जितेका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप ३५ जना संक्रमितको मृत्यु भएको छ । यो संगै देशभर हालससम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ ।
देशमा हाल ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments