Byroad News

Loading...

कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन


कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन

काठमाडौं/८ भदौ
संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ । 

मंगलबार संसदकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगकाे छलफलपछि समिति सभापति जयपुरी घर्तीले काेभिड खाेप दिएर भाैतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिनु भएको हो । 

काेभिड संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितमै लिने तयारी भएकाे शिक्षा मन्त्रालयले बताएको छ । 

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भाैतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेकाे जानकारी दिनुभयो । 

३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकाेले उनीहरूका लागि काेभिड-१९ विरुद्धको खोप दिन सकिने बताउँदै बिद्यार्थीलाई खाेप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उहाँले बताउनु भयो ।

सचिव थपलियाले अहिले भाैतिक रूपमै परीक्षा लिने वातावरण बनेकाे  बताउँदै स्वास्थ्य मन्त्रालयकाे सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताउनु भयो ।

Comments

KATHMANDU WEATHER