काठमाडौं/५ भदौ
कोरोना महामारीका कारण विद्यालय बन्द रहेको बेलामा समेत केही स्थानीय तहले दिवा खाजाको रकम निकासा गरेको पाइएको छ ।
महालेखा परीक्षकको ५८ औं प्रतिवेदन अनुसार कोभिडका कारण २०७६ चैत ११ बाट विद्यालय बन्द भएको अवस्थामा धनुषाको सबैला नगरपालिकाले एक करोड १३ लाख, सिरहाको सिरहा नगरपालिकाले एक करोड ३८ लाख, रौतहटको फतुवा नगरपालिकाले ९७ लाख र गरुडा नगरपालिकाले ७७ लाख दिवा खाजाको रकम निकासा गरेको उल्लेख छ ।
यसैगरी धनुषाको गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाखसहित २८ नगरपालिकाले २०७७ वैशाख, जेठ र असार महिनाको समेत दोस्रो र तेस्रो चौमासिकको पूरै दिवा खाजाको लागि १४ करोड २१ लाख ६८ हजार ५८२ विद्यालयलाई निकासा गरेको प्रतिवेदनमा उल्लेख छ । महालेखाले बन्द रहेको अवधिको खाजा खर्च यकिन गरी असुल गर्न सुझाव दिएको छ ।
दिवा खाजा कार्यान्वयन निर्देशिका, २०७६ मा दिवा खाजा रकमबाट विद्यालयले नगद वितरण गर्ने व्यवस्था गरेको छैन । नियम विपरीत रौतहटको परोहा नगरपालिकाले यो वर्ष अभिभावकलाई नगद बुझाउने गरी दिवा खाजा बापत एक करोड १७ हजार निकासा दिएको महालेखा परीक्षकले जनाएको छ । नियम विपरीत उक्त रकम अभिभावककले बुझेको भर्पाई पेश नभएको प्रतिवेदनमा उल्लेख छ ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments