काठमाडौं/४ भदौ
एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपियाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपियाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपियाँ पुगेको हो ।
गत शुक्रबार ८९ हजार ७ सय रुपियाँमा छापावाल सुनको कारोबार भएको थियो । आज बिहीबारको तुलनामा तोलामा ४ सयले बढेर छापावाल सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको भाउ ९० हजार ७ सय रुपियाँ तोकिएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपियाँले बढेको छ ।
बिहीबार ११ सय ८० रुपियाँ तोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११ सय ९५ रुपियाँ तोकिएको छ । यो साता चाँदीको मूल्य भने तोलामा २० रुपियाँले वृद्धि देखियो । तोलामा कम्तीमा ११ सय ८५ देखि अधिकतम् १२ सय ५ सम्ममा कारोबार भएको थियो ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments