हेटौंडा/२ भदौ
बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको शपथ लिनु भएको छ ।
केहिबेर अघि एक समारोहबीच प्रदेश प्रमुख प्रमुख विष्णु प्रसाद प्रसाईले मुख्यमन्त्री शाक्यलाई शपथग्रहण गराउनु भएको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिनु भएपछि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।
दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments