काठमाडौं/२ भदौ
आजै नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ।
प्रहरी प्रधान कार्यालयले आकस्मिक रूपमा नेपालको सुरक्षामा एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी खटाएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी नायब निरीक्षकको नेतृत्वमा रहेको उक्त टोलीले नेपालको अग्रपंक्तिको सुरक्षा गर्छ।
‘सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हाल अस्थायी रूपमा उहाँको सुरक्षामा प्रहरी बढाइको हो, आजैदेखि टोली खटिएको छ,’ एक उच्च प्रहरी अधिकारीले जानकारी दिनुभयो ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments