काठमाडौं/३० साउन
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ।
बिहीबारदेखि सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएको बैठक शनिबार दिउँसो २ बजेका लागि पनि बोलाइएको छ।
शनिबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
केन्द्रीय कार्यसमितिको जारी बैठकमा उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन र महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्।
बैठकमा बोल्ने नेताहरुले मुख्य गरी आगामी भदौ १६ देखि गर्ने भनिएको पार्टीको १४ औँ महाधिवेशनको म्याद धेरै पछाडि सार्न नहुनेमा जोड दिएका छन्।
केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि प्राप्त सुझावका आधारमा महाधिवेशनको नयाँ कार्य तालिका सार्वजनिक गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments