काठमाडौं/२९ साउन
देशभर पछिल्लो चौबीस घन्टामा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ।
यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ।
देशभर हालसम्म ३८ हजार ७९८ जना सक्रिय संक्रमित छन्। बिहीबार २ हजार ११८ जना संक्रमणमुक्त भएका छन्।
गत चौबीस घन्टामा ११ हजार ७०८ पीसीआर तथा ६ हजार ८ सय ७४ एन्टिजेन परीक्षण भएको छ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments