काठमाडौं/२९ साउन
आफुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका मोहम्मद अफताब आलमको शुक्रबार चढेको पेशी हेर्न नमिल्ने भएको छ।
न्यायाधिशद्धय प्रकाससिंह राउत र कुमार चुँडालको इजलासमा पेशी चढेको थियो। तर हेर्न नमिल्नेभन्दै शुक्रबार सुनुवाई नहुने निश्चित भयो। नेपाली कांग्रेसका निलम्बित सांसद आलमविरुद्ध कर्तव्य ज्यान मुद्धामा रौतहट जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो।
उच्च अदालतले पनि जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका हुन्। पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन आलमकै योजनामा बम बनाउने काम भइरहेका बेला अचानक भएको विस्फोटमा केहीको ज्यान गएको तथा मृतक र घाइतेलाई स्थानीय इटाभट्टामा हालेर जलाइएको आरोप उनीविरुद्ध छ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments