Byroad News

Loading...

बिहीबार थपिए ३२६० जना कोरोना संक्रमित, ३२ को मृत्यु


बिहीबार थपिए ३२६० जना कोरोना संक्रमित, ३२ को मृत्यु

काठमाडौं/२८ साउन
देशमा पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ८०६ जनाको पीसीआर परीक्षणमा २ हजार ४७३ र ४ हजार ६५६ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ७८७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Comments

KATHMANDU WEATHER