थाहानगर/२७ साउन
बीरगञ्जका विद्यालयहरु आउँदो आइतबार अर्थात साउन ३१ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्ने भएका छन् ।
बीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णद्वारा बुधबार जारी विज्ञप्तिमा बीरगञ्जमा हाल कोरोना संक्रमण दर न्यून भएको जनाउदै आइतबारदेखि कक्षा ८ देखि १२ सम्मका विद्यालयहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि सञ्चालन गर्न निर्देशन गरिएको छ ।
विज्ञप्तिमा अभिभावकको अनुमती लिएर मात्र सञ्चालन गर्न पनि निर्देशन गरिएको छ । विज्ञप्तिमा भनिएको छ "शैक्षिक सरोकारवालाहरूसमेतको मिति २०७८/०४/२७ गतेको छलफलबाट महानगरपालिकाभित्र हाल कोभिड -१९ को संक्रमण अत्यन्तै न्यून अवस्थामा रहेकोले मिति २०७८/०४/३१ गते आइतबारदेखि पहिलो चरणमा कक्षा ८-१२ को पठनपाठन भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ बमोजिम स्वास्थ्यको मापदण्डलाई पालना गराई जनस्वास्थ्यको दृष्टिले सुरक्षित ढंगले अभिभावकको स्वीकृति लिई भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने गराउने निर्णय भाएअनुसार सोहि बमोजिम गर्नु हुन सम्बन्धित सम्पूर्णमा जानकारीको लागि आदेशानुसार अनुरोध छ ।"
यसअघि पनि शैक्षिक प्रशासन महाशाखाले यसरी नै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न निर्देशन गर्दा अभिभावक संघले आपत्ति जनाएको थियो ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments