काठमाडौं/२५ साउन
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पताललाई पनि काठमाडौं महानगरपालिकाले कर नतिर्ने सूचीमा समावेश गरेको छ।
महानगरले प्रकाशित गरेको सूचीमा राज्यमन्त्री श्रेष्ठको अस्पतालको नाम २३औं नम्बरमा रहेको छ महानगरले कर नतिर्ने ५२ करदाताहरुको सूची प्रकाशित गरेको हो। महानगरको यो सूचीमा हेटौंडाका स्थायी बासिन्दा तथा व्यापारी अजयराज सुमार्गी पराजुली पनि रहनु भएको छ । व्यवसायी सुमार्गीको नाम ४९ औं नम्बरमा रहेको छ।
महानगरले धेरै अघिदेखि कर उठाउन ताकेता गर्दासमेत असुल नभएपछि सार्वजनिक सूचना जारी गरेको हो। महानगरले उहाँहरुलाई कर तिर्न ३० दिनको समयसीमा दिएको छ।
कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताउनु भयो।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments