Byroad News

Loading...

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकियो, स्थायी कमिटी सुरू


माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकियो, स्थायी कमिटी सुरू

काठमाडौं/२२ साउन
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ।

वुद्धनगरमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठक बसेको छ।

केन्द्रीय कमिटी सदस्यहरूले मिश्रित धारणा राखेका छन्। कसैले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा सहभागी हुनुपर्ने बताए भने कसैले पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने धारणा राखेका थिए।

यस्तै अध्यक्ष केपी शर्मा ओलीले माफी मागे मात्रै पार्टी एकता गर्नुपर्ने पनि केहीको भनाइ थियो। आन्तरिक विवाद समाधान गरी पार्टी एकतामै अधिकांश केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्। केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बिहीबार पनि बसेको थियो।

गत साउन ३ मा देउवालाई नेता नेपालसहित २२ एमाले सांसदले दिएका थिए। पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सम्बन्ध बिग्रेको छ। 

Comments