काठमाडौं/२० साउन
लोक सेवा आयोग काठमाडौँ कार्यालयले कोरोना सङ्क्रमित परीक्षार्थीका लागि विशेष परीक्षा केन्द्र तोकेको छ ।
यही श्रावण २३ र ३० गते हुने शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षामा सहभागी हुने परीक्षार्थीहरुमध्ये कोभिड –१९ सङ्क्रमण पुष्टि भएका परीक्षार्थीहरूका लागि विशेष परीक्षा केन्द्र कायम गरिएको हो ।
परीक्षा पूर्वनिर्धारित मिति मै सञ्चालन हुने भएकाले पूर्व प्रकाशित परीक्षा केन्द्र जुनसुकै कलेज अथवा विद्यालयमा तोकिएको भए पनि कोभिड सङ्क्रमण भएका विद्यार्थीहरूका लागि लोक सेवा आयोगको काठमाडौँ कार्यालय अनामनगरमा मात्र परीक्षा केन्द्र कायम गरिएको छ ।
सङ्क्रमित परीक्षार्थीले पीसीआर रिपोर्टको आधारमा कोरोना पोजेटिभ भएको ब्यहोरा मोबाइल नम्बर ९८४१७७७६७० र ९८५८०४२२७१ मा जानकारी गराइ लोक सेवा आयोग अनामनगर भवनमा रहेको परीक्षा केन्द्रबाट मात्र परीक्षा दिन आयोगका उपसचिव चन्द्रकान्त निरौलाद्वारा जारी सूचनामा भनिएको छ ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments