काठमाडौं/१९ साउन
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिनु भएको छ ।
केहि बेर अघि सामाजिक संजाल मार्फत खड्काले संन्यास लिने निर्णय सार्वजनिक गर्नु भएको हो । खड्काले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा टुङ्गिए पनि नेपाली क्रिकेट यात्रामा भने अझै बामे सरिरहेको उल्लेख गर्नु भएको छ ।
नेपालका लागि अन्तर्राष्ट्रिय खेल खेल्न जानु आफ्नो लागि जीवनको सर्वश्रेष्ठ काम भएको बताउनु हुँदै आफूले १५ वर्षको उमेरमा सुरु गरेको क्रिकेटको यात्रामा साथ दिने सबैप्रती आभार व्यक्त गर्नु भएको छ । 
Featured News
-
3 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
3 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments