काठमाडौं/१८ साउन
संगठन विस्तारमा आक्रमक ढंगले अघि बढ्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले प्रत्येक प्रदेशमा ७५ सदस्यीय विषेश प्रदेश समिति बनाउने गरी ठोस प्रस्ताव तयार गर्न नेता लीलामणि पोखरेललाई जिम्मेवारी दिएको छ ।
आइतबार बसेको स्थायी समितिको निर्णय अनुसार अध्यक्ष प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र सचिवहरूलाई परिपत्र जारी गर्दै यस्तो जिम्मेवारी दिनु भएको हो ।
अध्यक्ष प्रचण्डको परिपत्रमा आगामी साउन ३० गतेभित्र सबै स्थानीय तह सबै वडा समितिहरु गठन र पुनर्गठन गरी त्यसको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ । जसको मापदण्ड समेत तोकिएको छ । महानगरपालिकाका वडा समिति बढीमा ४५ जना, उपमहानगरका वडामा बढीमा ३५, गाउँ, नगरपालिका वडा शाखामा २९, नगर टोलमा १९, पार्टी सेल समिति १५ जना नबढ्ने गरी कमिटीहरु गठन गर्न परिपत्रमा निर्देशन दिएको छ ।
त्यस्तै सेल समितिमा सचिवको व्यवस्था गर्ने र वडा समितिमा अध्यक्ष र सचिवको व्यवस्था गर्न पनि भनिएको छ ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments