काठमाडौं/१७ साउन
प्रहरीका ६१ जना अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनु भएको छ ।
आइतबार प्रहरी प्रधान कार्यलयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उहाँहरुलाई सुशोभन गर्नु भएको हो ।
२०७८ साउन १४ गतेको मन्त्रिपरिषद बैठकबाट पदोन्नति हुनु भएका प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँयादेवी गुरुङ लगायतका अधिकृतहरु सुशोभित हुनु भएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा शुभकामना दिनु हुँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिनु भएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments