थाहानगर/११ साउन
जग्गा खरिदका लागि पर्याप्त ज्ञान नहुदा धेरैले पछुताउनु परेका थुप्रै घटनाहरु भएका छन् । कतिपयले एउटा भनेर किनेको जग्गा राजिनामा पास भएपछि फिल्डमा अर्कै पाउने समस्या भोग्ने गरेका छन् ।
कतिपयले राजिनामा पास भएपछि मुद्दा मामिला भएको जग्गा परेको कारण थुप्रै समस्या भोग्ने गरेका छन् त्यसैले जग्गा किन्दा केही कुराहरुमा ध्यान दिन आवश्यक देखिन्छ ।
जग्गा विक्री गर्ने वास्तविक व्यक्ति बुझेर सो कित्ता जग्गा निजको हक भोगमा छ छैन प्रष्ट हुनुपर्ने, उक्त कित्ताको मोठ श्रेस्ता, फोटो र तीनपुस्ते ठीक भए नभएको एकीन गर्ने, कुनै अड्डा अदालत वा अन्य कुनै कार्यालयमा रोक्का वा झगडा भए नभएको बारेमा खरिद गर्ने व्यक्ति प्रष्ट हुनु पर्ने हुन्छ ।
यसैगरी, जग्गा र नक्सामा प्रष्टरुपमा बाटो छ छैन राम्ररी बुझ्ने, जग्गामा गरेको हकभोगको आकार प्रकार मिल्छ मिल्दैन एकीन गर्ने, जग्गा रैकर वा गुठी के हो प्रष्ट हुने,उक्त जग्गामा मोही भए नभएको फिल्डमा हेरी प्रष्ट हुने, लालपूर्जा, जमिन र नक्साको क्षेत्रफल मिल्छ मिल्दैन एकीन गर्ने, उक्त कित्ताको चारैतर्फको सीमानामा विवाद भए नभएको जमिनमा नै गई साँध सँधियारहरूबाट बुझ्ने र नक्सा बमोजिमको जमिनमा चारैतर्फ सीमाना एकीन गर्न रेखाङ्कन गराउने कार्य गरेर खरिद गरे मात्र झन्झट व्यहोर्न नपर्ने हुन्छ ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments