Byroad News

Loading...

त्रिविमा कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु


त्रिविमा कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु

काठमाडौं/१० साउन
कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा सुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे/तीन वर्षे परीक्षा सुरु भएको छ । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु सुरु हुनेछन् ।

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।

केही प्राविधिक समस्या आएको स्वीकार्दै परीक्षा नियन्त्रक जोशीले अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रुपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको र नमिलेका अन्य कुराहरु विद्यार्थीहरुको निवेदनको आधारमा मिलाइने बताउनु भयो ।

‘परीक्षा दिन आएकालाई परीक्षामा बसाउनुस् पछि सच्याउँछौं भनेका छौं, जे होस् राम्रो भयो, सबैजसो उपस्थित भएका छन्,’ उहाँले भन्नुभयो ।

बिहान सात बजेबाट परीक्षा सुरु भएको र अहिलेसम्म गम्भीर समस्या केही पनि नआएकाले आफूहरु उत्साहित भएको उहाँले बताउनु भयो । परीक्षा सन्चालनमा सहयोग गरेको भन्दै उहाँले सबै विद्यार्थी, अभिभावक, कर्मचारीलगायतलाई धन्यवादसमेत दिनुभयो ।

Comments

KATHMANDU WEATHER