काठमाडौं/३ साउन
काठमाडौँ महानगरपालिकाको शिक्षा शाखाले एसईईको नतिजा प्रकाशन नभई कक्षा ११ मा भर्ना नलिन शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ ।
शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले कक्षा ११ को भर्ना नलिन सूचना जारी गर्दै लिएको भए कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिनु भएको छ ।
कतिपय विद्यालयहरुले कक्षा ११ मा भर्ना आव्हान गरि नयाँ भर्ना अभियान सञ्चालन गर्न थालिएको गुनासो आएपछि शिक्षा महाशाखाले चेतावनीसहितको सूचना जारी गरेको हो ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments