काठमाडौं/२ साउन
सङ्घीय संसद बैठकलाई लक्षित गरि ८०१ जनामा गरिएको कोरोना परिक्षणमा तीन कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।
भोलि बस्न लागेको सङ्घीय संसद् बैठकलाई लक्षित गरेर सभामुखसहित ८ सय एक जनामा कोरोना परिक्षण गरिएको थियो ।
भोलिदेखि सुरु हुने सङ्घीय संसद्को अधिवेशनको तयारीका क्रममा सभामुख, सांसदहरु, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको परीक्षण गरिएको थियो। एन्टीजेन परिक्षण पोजेटिभ आएका तीन कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ।
आइतबार अपराह्न ४ बजेदेखि पुनर्थापित संसद अधिवेशन सुरु हुँदैछ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments