जनकपुरधाम/२ साउन
बहुप्रतिक्षित जनकपुर-जयनगर रेलको भोलि (आइतबार) परीक्षण हुने भएको छ।
रेल सञ्चालन पूर्वको तयारीको सिलसिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सूचना जारी गरि बताउनु भएको छ ।
आफ्नो सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराउनु भएको हो । महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने छ। ‘स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकोले रेल्वे ट्रयाकमा सुरक्षा महत्त्वपूर्ण हुन्छ।
त्यसैले आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई भैँसी चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरिन्छ’ महाप्रबन्धक भट्टराईले उल्लेख गर्नु भएको छ । उहाँले परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताउनु भएको छ।
परीक्षणको विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानुनअनुसार कारबाहीसमेत गरिने चेतावनी दिनु भएको छ । सबैलाई जिम्मेवार भइदिन जयनगर – जनकपुर – कुर्था खन्डका नागरिकलाई महाप्रबन्धक भट्टराईले अनुरोध गरेका समेत गर्नु भएको प्रशासनले समाचार लेखेको छ ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments