हेटौंडा/३० असार
क्रियाशिल सदस्यता वितरणमा नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्र बहादुर बाँनियाले एकलौटी हालीमुहाली गरेको भन्दै नेपाली कांग्रेसका मकवानपुरका नेताहरुले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
नयाँ क्रियाशील सदस्यता वितरणमा बानियाँले एकलौटी गरेको र हुँदै नभएको फोरम लोकतान्त्रिक सदस्यको नाउँमा २१ जनालाई चुनाव उठाउने नाउँमा क्रियाशील सदस्यता दिइएको भन्दै आज कांग्रेस मकवानपुरका नेता माईकल रामचन्द्र अर्याल, नेपाल विद्यार्थी संघका महामन्त्री प्रभातकुमार दाहाल, नेताहरु जयराम लामिछाने, उमा दाहाल, रिता खनाल, पुरुषोत्तम ठकुरी, नारायण उप्रेती, निरु पौडेल, भिमसेन लामासहितको टोलीले केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गर्नु भएको हो ।
मकवानपुरको नेतृत्वले विधान, नियमावलीलाई मिचेर गरेको सदस्यता वितरण प्रक्रिया खारेज नभएसम्म आफूहरुको धर्ना कायम रहने बताइएको छ ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments