Byroad News

Loading...

"नक्कली अख्तियारको डीएसपी" अख्तियारबाट पक्राउ


"नक्कली अख्तियारको डीएसपी" अख्तियारबाट पक्राउ

काठमाडौं/३० असार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटीका अध्यक्ष अर्जुन भट्टलाई पक्राउ गरेको छ ।

एमपी ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा पुगेका उहाँले आफूलाई अख्तियारको डीएस्पी हुँ भनी महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई धम्की दिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

विभागमा काम गर्न अनावश्यक दवाव दिएको, विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सीईओ एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनी प्रभावमा पार्दै हिँडेको भन्ने सूचनाका आधारमा उहाँलाई नियन्त्रणमा लिएको बताइएको छ ।

भट्टमाथि थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको अख्तियारले जनाएको छ ।

Comments