काठमाडौं/३० असार
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर हुनु भएको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकणरमा मुछिनु भएका गच्छदार फरार हुनुहुन्थ्यो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहनु भएका गच्छदार बुधबार बिहान विशेष अदालतमा हाजिर हुनु भएको हो ।
अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नजानु भएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै विशेष अदालतमा हाजिर हुनु भएको हो ।
अहिले गच्छदारलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा थुनछेक बहस भैरहेको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments