Byroad News

Loading...

कसले पाउला अमेरिकी खोप?


कसले पाउला अमेरिकी खोप?

काठमाडौं/२७ असार
सोमबार नेपाल आइपुग्ने अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना खोप कसलाई दिने भन्ने टुंगो नलागिसकेको सरकारी अधिकारीहरुले बताउनु भएको छ । 

एक डोज मात्र लगाए पुग्ने भनिएको यो खोप कुन समूहलाई दिने भन्ने विषय छलफलमै रहेको सम्बद्ध अधिकारीहरुको भनाइ छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप कसलाई दिने भन्ने विषयमा छलफलमै रहेको बताउनु भयो । 

स्वास्थ्य मन्त्रालयका अर्का एक अधिकारीले भने कोरोना खोप ५० देखि ५५ वर्ष उमेर समूहका व्यक्ति, शिक्षक र वैदेशिक रोजगारीमा जानेहरुलाई दिने कि भनेर सुझाव आएको र त्यसबारे छलफल भइरहेको बताउनु भएको छ । 

नेपाललाई अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख डोज कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ । सो खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ट्वीटरमार्फत् जानकारी दिनु भएको छ । 

चीनबाट खरिद गरिएको भेरोसेल खोपको ४० लाख डोज पनि नेपाल ल्याउने क्रम जारी छ । पहिलो चरणमा भेरोसेलको आठ लाख डोज खोप शुक्रबार नेपाल आइसकेको छ ।

तर पछिल्लो पटक ल्याइएको भेरोसेल खोप र सोमबार बिहानसम्म आइपुग्ने भनिएको जोनसन एण्ड जोनसन खोप तालिका भने सरकारले सार्वजनिक गरिसकेको छैन । a

Comments

KATHMANDU WEATHER