Byroad News

Loading...

पूर्वजले छाडेका ज्ञानलाई अनुशरण गरेर अघि बढ्न प्रधानमन्त्री ओलीको आग्रह


पूर्वजले छाडेका ज्ञानलाई अनुशरण गरेर अघि बढ्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं/२४ असार
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले छाडेका ज्ञानलाई अनुशरण गरेर अघि बढ्न आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमले पूर्वजहरुले कयौं परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुशरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताउनु भयो ।

मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकारी नयाँ आविष्कार गर्दै जानुपर्नेमा उहाँले जोड गर्नु भयो । अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानी अनुसारका वस्तु उपादन गर्न सकिने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, 'एक जेनेरेसनमा नै मेहनत गरेर विद्वान् हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्वान् हुन सकिन्छ । हामीहरुले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इनोभेटिभ पावर । मेमोरी पावर र इनोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौं । हाम्रोजस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौं ।'

कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गरिएको थियो ।

Comments

KATHMANDU WEATHER