काठमाडौं/२४ असार
भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले गर्ने भएको छ ।
बिहीबार मुख्यसचिव शंकरदाश बैरागीको हस्ताक्षरसहित खनालको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय सार्वजनिक भएको छ।
निर्णयको ब्यहोरामा भनिएको छ, ‘खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने। उक्त खर्च अर्थ मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमा भुक्तानी गर्ने व्यवस्था गर्ने।’
खनाल मिर्गौलामा समस्या आएपछि हाल अपोलो अस्पतालमा उपचाररत हुनुहुन्छ ।
खनाल कोरोना संक्रमणसँगै स्वास्थ्यमा थप जटिलता आएपछि उपचारका लागि नयाँ दिल्ली जानु भएको थियो ।
खनालको दिल्लीमा उपचार हुँदै गर्दा नेकपा एमालेले पनि उपचार खर्च पार्टीले व्यहोर्ने निर्णय गरेको थियो ।

-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments